शान्ति मिसनमा रहेका ३ नेपाली सैनिकमा कोरोना पुष्टि

नेपाली सेनाको शान्ति मिसनमा रहेका ३ जना सैनिक कोरोना संक्रमित भएका छन्। संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत दुई देशमा रहेका ३ सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

दक्षिण सुडानमा रहेका १ र मालीमा रहेका २ गरी ३ जना सैनिकलाई कोरोना भाइरससको संक्रमण देखिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। त्यस्तै अन्य ४ जना सैनिकमा पनि कोरोना भाइरस देखिएको छ।



मध्यपुर्वी पृतना महोत्तरीमा कार्यरत २ जना र बारामा कार्यरत २ जना सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सँगै नेपाल र नेपाल बाहिर गरी नेपाली सेनाका ७ जना सैनिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

सम्बन्धित समाचार