बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ नयाँ बाँकेमा प्रमुख जिल्ला अधिकारीका रुपमा रामबहादुर कुरुम्बाङ आए लगतै जिल्ला भर निषेधाज्ञा जारी गरेका हुन् । लकडाउन उलङ्घनका घटना बढेको र संक्रमित पनि बढ्न थालेपछि निषेधाज्ञा जारी गर्नुपरेको कुरुम्बाङले बताए ।
बुधवार राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञा अर्को आदेश नहुँदासम्म जिल्लाभर जारी रहने कुरुम्बाङले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। जसमा उनले बाँकेमा हालसम्म १ सय ७० जनामा कोरोना पुष्टि भएको तथा १ जना संक्रमितको मृत्यु समेत भइसकेकाले सजकता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गर्नु परेको उल्लेख गरेका छन्।
आदेशको उलंघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने चेतावनी दिइएको छ। कोरोना भाइरस विरुद्ध सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको भन्दै उनले अत्यावश्यक बाहेक सबै सेवा र स्थलमा निषेधाज्ञा जारी गरिएको उल्लेख गरेका छन्।