लेखक तथा अधिकारकर्मी लारी क्रेमरको निधन

अमेरिकी लेखक तथा लगातार समलिंगी अधिकारको पक्षमा वकालत गर्दै आएका लारी क्रेमरको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा न्यूयोर्कमा निधन भएको हो ।

उनी एचआइभी–एड्सविरुद्धको अभियानमा अति सक्रिय रहेका थिए । न्यूयोर्क टाइम्सका अनुसार क्रेमरको स्थानीय समय अनुसार बुधबार बिहान म्यानहटनमा निधन भएको हो । क्रेमरको निधन निमोनियाका कारण भएको उनका श्रीमान डेविड वेबस्टरले जानकारी दिएका छन् ।



एचआइभी संक्रमितको सहयोगका लागि स्थापित गे मेन्स हेल्थ क्राइसिस नामक संस्थाका क्रेमर संस्थापक हुन् । सन् १९८० को दशकमा गम्भीर बनेको एचआइभी संकटमा पर्याप्त प्रयासको माग गर्दै गठन भएको समूह एक्ट अप का पनि उनी संस्थापक हुन् ।

आफ्नो जीवनको कथासँग अधिकांश रुपले मिल्ने नाटक ‘द नर्मल हार्ट’ उनले लखेको छन् । त्यसलाई सन् २०१४ मा चलचित्रको रुप दिइयो र एम्मी अवार्ड जित्न सफल पनि भयो ।

सम्बन्धित समाचार