नेपालमा शुक्रबार थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन् । उनीहरु मध्ये १६५ जना पुरुष र ५ जना महिला छन् ।
योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने अहिले सम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँग नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो ।
कोरोना भाइरस संक्रमित जिल्लाको संख्या पनि ५२ पुगेको छ।