कोरोना रोकथाम समितिको बैठक सम्पन्न, गर्यो महत्वपूर्ण निर्णय

सरकारले भारतबाहेक तेस्रो मुलुकबाट नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा उच्च स्तरिय समितिको बैठकले भारतबाहेक तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समन्वय समितिले विभिन्न देशमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको छ । त्यस्तै सरकारले भारतबाट भित्रिनका लागि २० वटा नाका खोल्ने निर्णय गरेको छ ।



प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले पशुपतिनगर(इलाम), काकडभिट्टा(झापा), रानी(मोरङ), कुनौली(सप्तरी), ठाडी(सिराहा), माडर(सिराहा), भिट्टामोड(महोत्तरी), मंगलवा (सर्लाही), गौर(रौतहट), वीरगञ्ज(पर्सा), महेशपुर(बारा), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर(बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी(कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुलाबाट नेपालीलाई भित्रिन दिने निर्णय भएको जानकारी दिए ।

सम्बन्धित समाचार