कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, संविधान संशोधन प्रस्तावबारे गर्यो यस्तो निर्णय

प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएकाे छ । कोरोना कहरका बीच दूरी कायम गरेर बसेकाे  बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टीलाई अनुमति दिएकाे छ ।

बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव प्रस्तुत भएको थियाे । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ भन्ने प्रस्ताव पेस भएको हो ।



बैठकमा सभापति शेरबहादुर देउवाले नेपालको नयाँ नक्सासँग सम्बन्धित विषयमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका थिए । देउवाले केन्द्रीय कार्यसमिति बैठक पनि सोहि प्रस्ताव राखेका थिए । देउवाको उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको छ । केन्द्रीय कार्यसमिति बैठकले पनि संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार