कोरोनाबाट विश्वभर ३ लाख ७० हजारको मृत्यु, ६१ लाख ५३ हजार संक्रमित

कोरोना भाइरसको महामारीले विश्वभर ३ लाख ७० हजार ९ सय १८ जनाको निधन भैसकेको छ । ६१ लाख ५३ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये २७ लाख ३४ हजार ७ सय ७८ जना निको भएका छन् । ३० लाख ४५ हजार ४३१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहान साढे ६ बजेसम्म १ लाख ७३ हजार २८० जनाको मृत्यु भएको छ । २० लाख ४ हजार २२६ जना संक्रमित भएकोमा ९ लाख ७८ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।



उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २३ हजार ४७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २० लाख ४० हजार ८३३ पुगेको छ । त्यसमध्ये ६ लाख ६८ हजार २६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३९ हजार ३१५ जनाको मृत्यु भएको छ । ८ लाख ४४ हजार ६१९ जना संक्रमित भएकोमा ३ लाख ४५ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ४ हजार ९२ जनाको ज्यान गएको छ भने १ लाख ४३ हजार ७६९ जना संक्रमित छन् । संक्रमितमध्ये ६० हजार ९८७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७९४ जना संक्रमित भएकोमा ८ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा १ हजार ४ सय १ जनामा संक्रमण देखिएकोमा २१९ जना उपचारपछि घर फर्किएका छन् । ७ जनाको भने निधन भैसकेको छ ।

सम्बन्धित समाचार