कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार राति १०ः१५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जारी गरेको बिज्ञप्तिमा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।
योसँगै कर्णालीका ६ जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या १६६ पुगेको छ । नयाँ संक्रमित मध्ये २४ जना दैलेख जिल्लाको नारायण नगरपालिका, सिमडा, सोत, सादु, जुकेपानी र दुल्ल गाउँपालिका रहेका छन् । यस्तै १७ जना जुम्लाको हिमा र सिंजा गाउँपालिकाका रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।
कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा कोरोना भाइरसको संक्रमण हालसम्म नदेखिए कर्णाली प्रदेशमा पहिलो संक्रमण पुष्टि भएको १५ दिनमा कुल संक्रमितको संख्या १६६ पुगेको छ ।
कर्णाली प्रदेशमा गत जेठ ५ गते सोमवार पहिलो पटक कोभिड-१९ भएका व्यक्ति फेला परेको पुष्टि भएको थियो ।