अर्मेनियाका प्रधानमन्त्री निकोल पासहिनायन र उनको परिवारलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको बताइएको छ ।
‘मलाई कुनै पनि लक्षण देखिएका छैनन् । मैले कोरोना संक्रमण पोजेटिभ देखिएपछि आराम गर्ने योजना बनाएको छु,’ फेसबुक लाइभका क्रममा उनले आफूलाई र परिवारलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गर्दै भने ।
३० लाख जनसंख्या भएको अर्मेनियामा हालसम्म ९ हजार ४०२ जना कोरोना संक्रमित देखिएका छन् भने १३९ जनाको मृत्यु भएको छ ।