दाङमा सोमबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार दाङको रामपुर क्वारेन्टाइनमा रहेका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये ७ जना पुरुष, एक जना बालिका र एक जना महिला छन् । नयाँ थपिएका संक्रमितहरु घोराही उपमहानगर पालिका १ का ३० वर्षका पुरुष र ११ वर्षीया बालिका रहेकी छन् ।
यस्तै सोही उपमहानगरपालिकाको वडा नम्बर २ का १९ वर्षीया महिला, २६, ४०, ४५ र ४६ वर्षका पुरुष, वडा नम्बर ५ का ५२ वर्षीय पुरुष र वडा नम्बर १७ का २० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।