अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भैरहेका प्रदर्शन कुनैपनि हालतमा रोक्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा उनले प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, नियन्त्रण गरिने बताएका हुन् ।
ट्रम्पले प्रदर्शन रोक्नका लागि हजारौं सेना र प्रहरी परिचालन गरिने पनि बताए । मेरिकालाई पछिल्ला दिनमा अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी गर्नेहरु, अपराधीसहितले जकडेको आरोप पनि लगाएका छन् । उनले संघीय राज्यहरुले त्यसलाई नियन्त्रणमा लिन नसकेको आरोप पनि लगाए । नियम तोड्नेहरुलाई पक्राउ गरिने उनले बताएका छन् ।
ट्रम्पले प्रदर्शनलाई ‘आतंक’ को शंज्ञा दिँदै संलग्नहरुलाई आपराधिक सजाय हुने र लामो समय जेलमा राखिने बताए । जर्ज फ्लोइडको सम्झना आक्रोशित भिडले गर्ने दंगाबाट हुन नसक्ने उनको भनाइ छ । मे २५ मा अफ्रिकी मुलका फ्लोइडको मिनेशोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमा मृत्यु भएपछि अमेरिकाभर हिंसा भडकिएको छ । कर्फ्यू लगाए पनि प्रदर्शनकारीले विभिन्न राज्यमा प्रदर्शन गरेका छन् ।
।