भारतमा पछिल्लो समय कोरोना भाइरस आक्रमक भैरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२१ जनाको ज्यान गएको छ । सोही अवधीमा ८ हजार ८१३ संक्रमित थपिएका छन् । यहाँ कोरोनाका कारण ५ हजार ८२९ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ लाख ७ हजार १८३ पुगेको छ । यसमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा १ लाख २८५ कोरोना संक्रमित निको भइसकेका छन् । भारतमा लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढेकोले भारत सरकार लकडाउनलाई लिएर पुर्नविचार गर्ने तयारीमा रहेको बताइन्छ ।