गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित, संक्रमितको संख्या ५४ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । विहीबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको बिज्ञप्ति अनुसार बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



नयाँ संक्रमित १६ जनामध्ये बाग्लुङकी एक महिला रहेकी छिन् । अन्य सबै पुरुष रहेको निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको जनाइएको छ ।

सम्बन्धित समाचार