मौसम पूर्वानुमानः देशभर चट्याङसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवातको प्रभाव परेको जनाएको छ । यसैगरी, हाल देशभरी नै सामान्य र पूर्ण बदली भइरहेको साथै प्रदेश १, २ र बाग्मती प्रदेशबाहेक अन्य प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

यस्तै, दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदली रहनेछ, भने सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।



त्यस्तै, राति सुदूरपश्चिक प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ र बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदलि रहनेछ। भने सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भूभागका एक,दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित समाचार