कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७३ औं दिनयत लकडाउन जारी भए पनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढेको हो ।
जडिबुटी, बबरमहल तथा सुन्धारा क्षेत्रमासवारी जामसमेत हुने गरेको छ । प्रहरीले जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ ।
यता सरकारले जनजीवन कष्टकर बनेपछि लकडाउनको स्वरूप परिवर्तन गर्ने भएको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।