कोरोनाबाट ४० वर्षीय युवकको मृत्यु, ज्यान गुमाउनेको संख्या १० पुग्यो

पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो ।

पूर्वखोला– २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो । स्वास्थ्य मन्त्रालयले बिहीबार यसको पुष्टि गरेको छ ।



अस्पतालमा उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब गरी परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पाल्पामा मृत्यु भएका पुरुषको बिहीबार रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार