उदयपुरको भुल्केका ३३ जना संक्रमित डिस्चार्ज

प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा भेटिएका कोरोना संक्रमितहरु सबै निको भएर घर फर्केका छन् । गएको वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज गर्दै मन्त्री घिमिरेले सो कुरा बताएका हुन् । उनले जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको बताए । अस्पतालका ४ जना आज डिस्चार्ज भएसँगै अस्पतालभित्रको संक्रमण पनि अन्त्य भएको मन्त्री घिमिरेले बताए ।



धनकुटा जिल्ला अस्पतालभित्रको संक्रमणको अध्ययन भइरहेको उनले बताए । मन्त्री घिमिरेले भने, ‘अस्पतालभित्र कसरी संक्रमण भयो भनेर अध्ययन भइरहेको छ ।’

सम्बन्धित समाचार