अमेरिकी कांग्रेस (संसद) का डेमोक्र्याट सदस्यहरू देशमा प्रहरी सुधारका लागि विधेयकको मस्यौदा तयार गरिरहेका छन् । कानुन प्रवर्तन अधिकारीहरूको कथित प्रताडनाबाट अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडलगायत अन्यको मृत्युको प्रतिक्रियामा यस्तो कदम उठाइएको हो ।
क्यापिटल हिलमा सांसद प्रहरी सुधारका लागि एक विधेयक तयार गर्न तत्परताका साथ जुटेका छन् । कानुन प्रवर्तनको निगरानी राख्ने दिशामा यो लामो समयपछिको एक सर्वाधिक महत्त्वाकांक्षी प्रयास हुनेछ ।
न्युजर्सीका सिनेटर कोरी बुकर र क्यालिफोर्नियाकी कमला ह्यारिसद्वारा आगामी दिनमा एक प्याकेजको घोषणा गरिने अपेक्षा गरिएको छ । छिट्टै एक विधेयक पनि पेस गरिने भएको छ । यी दुवै अमेरिकी राष्ट्रपति चुनावका लागि आप्mनो पार्टीका तर्फबाट उम्मेदवारी हासिल गर्ने दौडमा सहभागी छन् । सिनेट र प्रतिनिधिसभा दुवैको प्रयासमै प्रहरी जवाफदेही कानुनमा परिवर्तन गरिने अपेक्षा गरिएको छ । –हिन्दुस्तान टाइम्स