डीभी चिठ्ठाको नतिजा आज प्रकाशन हुँदै, यसरी हेर्नुहोस् नतिजा

अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डीभी चिट्ठाको नतिजा आज प्रकाशन हुने भएको छ। अमेरिकी दूतावासका अनुसार डीभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार आज राति ९:४५ बजे प्रकाशन हुने भएको हो ।

त्यसका लागि कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ। नम्बर बिर्सनुभएको छ भने पनिForgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जानकारी दिएको छ।



‘दूतावासले भनेको छ, ‘डीभीबारे फोन वा इमेलबाट गरिने सबै किसिमका सोधपुछ ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ।’ अमेरिकामा रहेका नेपालीले ९७०३०९८८-३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ।

सम्बन्धित समाचार