भारतको जोधपुरबाट सार्वजनिक भएको एक भिडियोले सामाजिक सञ्जालमा सनसनी मच्चाएको छ । यो भिडियोमा मास्क नलगाएको भन्दै एक प्रहरीले एक व्यक्तिको गर्दन (घाँटी) घुँडाले थिचिरहेको देखिन्छ ।
सामाजिक सञ्जालमा मानिसहरुले यसलाई भारतको ‘जर्ज फ्लोइड’ हमलाको संज्ञा दिएका छन् । यो भिडियो सार्वजनिक भएपछि जोधपुर प्रहरीको चर्को आलोचना भइरहेको छ।
इण्डियन एक्सप्रेसमा प्रकाशित खबर अनुसार मुकेश कुमार प्रजापत नाम गरेका व्यक्ति मास्क नलगाएर घरबाहिर निस्केका थिए । तर जोधपुर (वेस्ट) का डीसीपी प्रीति चंद्राको भनाई छ कि प्रहरीले आत्मरक्षाका लागि यो कदम उठाएको हो ।
उनले भने, ‘ती व्यक्ति मास्क नलगाएर सडकमा निस्केका थिए । प्रहरीले जब उनलाई यसबारेमा सोधपुछ गरे उनले एक्कासी आफ्नो खल्तीबाट मास्क निकाले र धम्की दिन थाले । त्यसपछि सडकमा खटिएका प्रहरीले जिप मगाए तर जिप आउनु भन्दा अघि नै ती व्यक्तिले प्रहरीलाई थप्पड र मुक्काले प्रहार गरे । त्यसपछि प्रहरीले आत्मरक्षाका लागि यो कदम उठाउनु परेको हो ।’
केही दिनअघि अमेरिकामा यस्तै घटना सार्वजनिक भएको थियो । त्यहाँ प्रहरीले एक अस्वेत नागरिकको गर्दन थिचेर हत्या गरेका थिए ।
यो घटनापछि अमेरिकाभर प्रदर्शन भइरहेको छ ।
Rajasthan’s #GeorgeFloyd moment: Police kneeling neck of a man who thrashed cop, threatened to kill them, in Jodhpur on Thursday evening. #BlackLivesMatter #blacklifematters @PoliceRajasthan pic.twitter.com/Z73HeG1zVL
— प्रो. राकेश गोस्वामी / Prof. Rakesh Goswami (@DrRakeshGoswami) June 5, 2020