
जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जबरजस्तीकरणी मुद्दामा हिरासतमा रहेका १७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
दश दिनअघि पक्राउ परेका ती युवकको सुरुमा आरडीटी नेगेटिभ आएपछि हिरासतमा राखिएको थियो। तर आइतबार बिहान प्राप्त पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वाशुदेव खतिवडाले जानकारी दिए ।
उनले ती युवकलाई गोरखा अस्पतालको ओइसोलेसनमा राख्ने तयारी भएको जानकारी दिए । उनको सम्पर्कमा रहेका प्रहरी तथा अन्य कर्मचारीलाई पनि सेल्फ क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाइएको डीएसपी खतिवडाले बताए ।
उनले अहिले ती युवक बाहेक अरु कुनै पनि व्यक्ति हिरासतमा नरहेको बताए ।
