कांग्रेसका सांसद गगन थापाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिरामणि पोखरेल आफैँ पीडित रहेको अस्थामा मन्त्रालयको विषयमा छलफल गर्नु नै अर्थहीन रहेको भन्दै व्यंग्य गरेका छन् ।
शिक्षा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद थापाले शिक्षामन्त्री पोखरेल आफैँ अर्थमन्त्रीले हेपेको भनेर गनगन गर्दै हिँडिरहेको अवस्थामा छलफल गर्नु नै बेकार रहेको बताएका हुन् । थापाले हरेक संकटसँगै अवसर आए पनि सरकारले त्यसलाई सदुपयो गर्न नसकेको बताए ।
उनले संसदमा भने, ‘संकटसँगै अवर पनि आएको हुन्छ, कोभिडसँगै शिक्षा र स्वास्थ्यमा अवसर आएको थियो। तर सरकारले त्यसलाई सदुपयोग गरेन। शिक्षामन्त्री ज्यू आफै गनगन गर्दै हिड्नुभएको छ, अर्थमन्त्रीले मेरो कु्रा सुनिदिनुभएन भनेर, हामीले उहाँलाई भनेर के अर्थ छ ?’
बजेट भाषण लगत्तै शिक्षामन्त्री पोखरेल आफ्नो सिफारिस बिना अर्थमन्त्री युवराज खतिवडाले निजी विद्यायललाई सामुदायिक विद्यालय जिम्मामा लगाउने कार्यक्रम राखेको भनेर सार्वजनिक रुपमा असन्तुष्टि जनाएका थिए । सांसद थापाले राष्ट्रपतिले जतबिजमा खर्च गर्न पाउने गरी शिक्षा मन्त्रालयले बजेट राखेको भन्दै आपत्ति जनाए। उनले राजाको पालामा जस्तै राष्ट्रपतिलाई भूमिका दिन खोजेको आरोप लगाए ।
थापाले संसदमा सोधे, ‘अर्थमन्त्रीले हेप्नु भो निरहँदा उहाँलाई राष्ट्रपतिलाई श्री ६ किन बनाउने रहर चाहिँ किन पलायोरु हिजो राजाले जस्तै आज राष्ट्रपति खुट्टा हालेको ठाउँमा पैसा दिने गरी किन कार्यक्रम ल्याइयो ?
उनले तलब नपाएका इडिसिट र भोकै बस्न बाध्य आम्सिक शिक्षकको याद नआएको, ५७ हजार शिक्षकलाई बेवास्ता गरेको आरोप लगाए ।
त्यस्तै उनले ९० लाख विद्यार्थी विद्यालय बाहिर छन् भन्ने सरकारलाई थाहा नपाएको र ग्लोबल एजुकेशनबाट पैसा आउला अनि ९० लाख विद्यार्थीलाई खर्च गरौँला भन्ने चिन्तन दिक्क लाग्दो भएको उल्लेख गरे ।
थापाले भने, ‘एसइइ नदिने निर्णय गरौं, कुनै बोल्ड डिसिजन निर्णय गरौं भन्या छैन । अनि यही यो बजेट यही यो कार्यक्रम ?’