नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च भएको रकमको विवरण सार्वजनिक गर्न माग गरेका छन् । संघीय संसद राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सरकारले खर्च भयो भनेर मात्रै नपुग्ने भन्दै खर्चको विवरण जानतासामु सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले भने, ‘सरकारले अहिले कोरोनाको उपचारमा १० अर्ब भन्दा बढी खर्च हुने अवस्थामा पुग्यो खर्च भइसक्यो भनेर जुन कुरा गरिरहेको छ । हाम्रो सार्वजनिक खरिद ऐनले पाँच लाख भन्दा बढीको कुनैपनि आर्थिक कारोबार गर्दाखेरी त्यसलाई बोलपत्रआव्हान मार्फत गर्नुपर्छ भनेर भन्छ। यो कतिपल्ट कहाँकहाँ आह्वान गरियो र कसरी यसको कोरोनामा पैसा खर्च भयो । यो नेपाली जनताले जान्न पाउने कि नपाउने, यो सबैले जान्न पाउने कि नपाउने, खर्च भयो भनेर पुग्ने कि नपुग्ने । त्यसकारण पनि सरकारले जुन खर्च देखाएको छ । यो खर्चको विवरण फेहरिस्त रुपमा आउन प¥यो भनेर माग गर्न चाहन्छु ।’
उनले १० अर्ब खर्च हुँदा समेत स्वास्थ्यकर्मीसँग मास्क नहुने, पीपीई नहुने अवस्था भएको बताए । त्यस्तै आइसोलेसन सेन्टरको अवस्था पनि कमजोर हुनु र पीसीआर परीक्षण नगर्ने सरकारले कसरी १० अर्ब खर्च ग-यो भन्दै प्रश्न गरे । उनले सरकारले कोरोना नियन्त्रणका लागि काम गर्न नसकेकै कारण मान्छेको मृत्यु भएपछि मात्रै परीक्षण गर्ने र पोजेटिभ रिजल्ट देखाउने गरिएको बताए ।
उनले भने, ‘जब मान्छेको मृत्यु हुन्छ अनि मात्र उसको कोरोनाबाट मृत्यु भएको भनेर पोजेटिभ रिजल्ट देखाइन्छ । हाम्रो प्रविधि कस्तो खालको प्रविधि हो रु हामीले कहाँबाट ल्याएको प्रविधि हो रु किन यस्तो हुन्छ । एउटा मान्छे बिरामी भएर कोरोनाको चापमा परिसकेपछि उसलाई भेन्टीलेटरमा राखेर उसको उपचार गर्नुको सट्टा मृत्यु भइसकेपछि मात्रै हामी प्रमाणित गर्न खोजिरहेको छ । ’