शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जेठ महिनाभित्र एसईईबारे निर्णय गर्ने जानकारी गराएका छन् ।
कोरोनाको संक्रमण रोक्न लक डाउन गर्दा प्रभावित भएको एसईई परिक्षालाई के गर्ने भन्नेबारे केही दिनभित्रै निर्णय लिने प्रतिबद्धता जनाएका हुन् । गएको चैत ७ गतेदेखि तोकिएको एसईई परिक्षा १२ घण्टाअघि सरकारले कोरोना संक्रमण रोक्न भन्दै स्थगित गरेको थियो ।
जेठ ३२ गतेसम्म लक डाउन कायम रहेकाले त्यस लगत्तै सरकारले एसईई निर्णय गर्ने उल्लेख गरे। मन्त्री पोखरेलले एसईईबारे तीवटा विकल्पमा छलफल भइरहेको जानकारी दिए ।
उनले भने, ‘एसईईबारे तीनवटा विकल्पमा छलफल भइरहेको छ । पहिलो खारेज गर्ने, दोस्रो अघिल्ला परिक्षाका आधारमा विद्यालयमै व्यवस्थापन गर्ने र तेस्रो राष्ट्रिय परिक्षा बोर्डले प्रमाणित गरिदिने विषयमा छलफल गरिरहेका छौं ।’ उनले एसईईका विषयमा कानुनी जटिलता रहेकोसमेत बताए ।
उनले सबै परीक्षाबारेमा सरकारले समाधान धारणा बनाउने कोसिस गरिरहेको पनि जानकारी दिए ।