अबदेखि कान्ति बाल अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट काट्ने सकिने

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले अनलाइनबाट ओपिडीको टिकट काटेर सेवा लिन पाउने सुविधा विस्तार गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनलाइन टिकटिङ सेवाको उद्घाटन गरेसँगै उक्त सेवा लिन पाउने सुविधा विस्तार भएको हो।

एन्ड्रोइड मोवाइलमा ‘कान्ति चिल्ड्रेन्स हस्पिटल’ नामक एप्स डाउनलोड गरी अनलाइन सेवा मार्फत टिकट बुक गर्न सकिने अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले बताए । उनले भने, ‘हाललाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गुगल प्ले स्टोरबाट कान्ति चिल्ड्रेन्स हस्पिटल नामक एप्स डाउनलोड गरी सेवा लिन सक्ने छन् । अब केही समयपछि हामी आइएसओ स्टोर र अस्पतालको वेभसाइट कान्ति चिल्ड्रेन हस्पिटल डट जिओभि डट एनपी मार्फत टिकट बुक गर्न मिल्ने व्यवस्था गरिरहेका छौँ ।’



निर्देशक डा। पौडेलका अनुसार अनलाइनमार्फत ओपिडी टिकट लिएकाहरुले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पैसा तिरेको स्वीकृत गराइ सेवा लिन सकिने छन् ।

यस्तै ओपिडी टिकटको दर ५० रुपैयाँ कायम गरेको छ भने अनलाइन दर्ता शुल्क पहिलो पटकलाई थप ३० रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ ।

सम्बन्धित समाचार