कोरोना नियन्त्रणमा सरकार असफल : जसपा

जनता समाजवादी पार्टी (जसपा) ले कोरोनो नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएको छ ।

पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै सरकार नागरिकको माग सुन्नुको साटो दमनमा उत्रिएको आरोप लगाएका छन् । शान्तिपूर्ण आन्दोलनमा दमन हुनु सरकारको हेपाहा प्रवृत्ति भएको पनि जसपाले बताएको छ ।



‘केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ, सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरू भइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा यस्ता कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाज तुरुन्त सम्बोधन गरिनु पर्छ ।’

सम्बन्धित समाचार