भ्रष्टाचार विरोधी प्रदर्शनमा प्रधानमन्त्रीको तस्बिर जलाइयो

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् । काठमाडौँको बिजुली बजारमा आयोजित प्रदर्शनमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका हुन् ।

भ्रष्टाचार तथा कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारको कमजोर प्रयासको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनकारीले शतप्रतिशत पीसीआर परीक्षण र भ्रष्टाचारको छानबिन तथा महामारी नियन्त्रणका लागि सक्रिय सरकारी प्रयासको माग गरेका छन् ।



उनीहरुले सरकारसँग १० अर्बको हिसाब पनि मागेका छन् ।

सम्बन्धित समाचार