लिपुलेक-मानसरोवर जोड्ने सडकबारे नेपालमा भ्रम सिर्जना भयो: भारतीय रक्षामन्त्री सिंह

भारतीय रक्षामन्त्री राजनाथ सिंहले छिमेकी मुलुक नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर पुग्‍ने सडकबारे नेपालमा केही असमझदारी पैदा भएको बताएका छन् । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला-लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका हुन् । उनले भनेका छन्, ‘नेपालमा सीमाबारे विवाद भए हामी आपसमा बसेर समाधान खोजौँ। नेपालसँग हाम्रो रोटी र बेटीको सम्बन्ध छ। यसको बारेमा अरु कोहीले बुझ्न सक्दैन।’

उनले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि मजबुत रहेको बताए। उनले भने, ‘लिपुलेकलाई लिएर नेपालमा केही अफवाह फैलिएको छ । यसलाई हामी वार्ताको माध्‍यमबाट समाधान गर्छौ । हामी नेपालीप्रति कुनै प्रकारको कटुताको व्‍यवहार गर्दैनौँ ।’



नेपाल र भारतबीच धार्मिक एवं ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले भनेका छन्, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी भुल्‍न सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छरु यी सम्बन्धहरु यो लोकको होइन, म यो सम्बन्धलाई अर्कै लोकको हो भनेर विश्वास गरेको छु। यस्तो सम्बन्धलाई चाहेर पनि कसैले परिवर्तन गर्न सक्दैन ।’

सम्बन्धित समाचार