कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ४५ हजार ९ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट संक्रमित हुनेको संख्या ८२ लाख ५६ हजार ७२५ पुगेको छ । संक्रमित ३५ लाख ४ हजार ७०५ जनाको उपचार भइरहेको छ भने ४३ लाख ६ हजार ४२६ जना उपचारपछि निको भएका छन् ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ८३ हजार ९६७ जनाको मृत्यु भएको छ । २२ लाख ३५ हजार २१२ जना संक्रमित भएकोमा ११ लाख ८९ हजार ४५१ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४७ हजार १३४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २५ लाख ३९ हजार ६०२ पुगेको छ । त्यसमध्ये ११ लाख १४ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा ४३ हजार ६६० जनाको मृत्यु भएको छ । १६ लाख ९१ हजार ४४९ जना संक्रमित भएकोमा १० लाख ६० हजार २१० जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरुमा ६३ हजार २६२ जनाको मृत्यु भएको छ । १५ लाख १३ हजार ६८८ जना संक्रमित भएकोमा ८ लाख ६ हजार ९७९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ७ हजार २६ जनाको ज्यान गएको छ भने २ लाख ६१ हजार ५८१ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २० हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९६० जना संक्रमित भएकोमा ८ हजार ४४२ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा भने ६ हजार ५ सय ९१ जनामा संक्रमण देखिएकोमा १ हजार १ सय ५८ जना निको भएका छन् । १९ जनाको निधन भैसकेको छ ।