नेपालमा गत माघको पहिलो हप्ता पहिलोपटक कोरोना संक्रमण पुष्टि भए यता कोरोना सातै प्रदेशका ७३ जिल्लामा फैलिसकेको छ । चारवटा जिल्ला भने हालसम्म कोरोनाबाट सुरक्षित छन् । मनाङ, मुस्ताङ, रसुवा र ओखलडुङ्गा हालसम्म कोरोना संक्रमण नफैलिएका जिल्ला भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म कोरोनाका कारण १९ जनाको ज्यान गइसकेको छ । ६ हजार ५९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसमध्ये १ हजार १५८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
आइसोलेसनमा ५ हजार ११४ जना रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।