थप ९ डिस्चार्ज, कोरोना संक्रमणमुक्त हुने ११६७ पुगे

बुधबार थप ९ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ ९ जना डिस्चार्ज भएका हुन् ।

सिरहामा उपचाररत ६ जना र नारायणी अस्पतालमा उपचाररत ३ जना निको भएर घर फर्किएका हुन्। योसहित नेपालमा हालसम्म १ हजार १ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।



नेपालमा सोमबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार