त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाह नियुक्त भएकी छन् ।
प्रा.डा. प्रेम ज्ञवाली संयोजक रहेको एक समितिले आईओएमको डीनका लागि डा. शाहसँगै अन्य दुई जनाको नाम सिफारिस गरेको थियो । सिफारिस लगत्तै बुधबार त्रिवि कार्यकारी परिषद्ले शाहलाई आईओएमको डीन नियुक्त गरेको हो ।
जेठ २२ गते प्रा.डा.जगदीश अग्रवाल डीनबाट अवकाश पाएपछि डीन पद रिक्त थियो । जेठ २३ गते त्रिवि कार्यकारीले प्रा.डा. प्रेम ज्ञवालीको संयोजकत्वमा नाम सिफारिस गर्न तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो । सो कमिटिमा प्रा.डा. जीवन शेरचन र प्राडा सुवास आचार्य सदस्य थिए ।