लिम्पियाधुरासहितको नक्सा राष्ट्रिय सभाबाट पनि सर्वसम्मत पारित

लिम्पियाधुरासहितको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक आज (बिहीबार) राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा ५७ जना सदस्य उपस्थित रहेकोमा सबैले सो बिधेयकको पक्षमा मत दिएका हुन् ।

राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ । योसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सालाई सरकारले हालै जारी गरेको नयाँ नक्सा दुवै सदनबाट पारित भएको छ । यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मतिले पारित गरेको थियो ।



सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।

सम्बन्धित समाचार