
भारत र चीनलाई युद्ध नभई शान्तिपूर्ण वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गरी काठमाडौँमा धर्ना भएको छ । मानवअधिकार तथा शान्ति समाजले काठमाडौँस्थित चिनियाँ र भारतीय दूतावास अगाडि वार्ताबाट समस्या समाधान गर्न माग गरी धर्ना दिएका हुन् ।
भारत र चीनबिच सीमालाई लिएर विवाद भइरहेको छ । गएको सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यका नजिकको वास्तविक नियन्त्रण रेखा ९एलएसी० मा दुई देशका सेनाबिच भिडन्त हुँदा भारतका एक उच्च सैन्य अधिकारीसहित २० जनाको ज्यान गएको थियो ।
सो घटनापछि दुई देशबिच तनाव उत्कर्षमा पुगेको छ । सो तनाव वार्ताबाट समाधान गर्न माग गरी शान्ति समाजले धर्ना दिएको हो ।
भारत र चीन दुवै देशले आफूहरु वार्ताबाटै समस्या समाधानको पक्षमा रहेको बताएका छन् ।
