
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोक्ने औषधि विकास भइनसकेकाले यसलाई प्रतिरोध गर्नुको विकल्प नभएको बताएका छन् ।
उनले कोरोना भाइरस संक्रमणबाट जोगिन आहार–विहारमा ध्यान दिनुपर्ने बताएका छन् । उनले नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो भएको बताउँदै यसकै कारण धेरै नेपालीले कोरोनालाई जितिरहेको बताए । उनले कोरोनालाई तातोपानी खाएर उडाई दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कोरोनालाई तातोपानी खाएर उडाई दिनुपर्छ ।’ उनले कोरोनालाई जित्नका लागि स्वस्थ हुनुपर्ने बताउँदै खानाको सन्तुलन, व्यायाम र योग गर्नुपर्ने बताए । उनले खानालाई फ्रिजलगायतका उपकरणमा राखेर खानु भन्दा विहान–बेलुका पकाएर खानु स्वास्थ्यका लागि उपयुक्त हुने बताए ।
