आज कोरोना पुष्टि भएका ६७१ मध्ये कहाँका कति ?

नेपालमा आज (बिहीबार) हालसम्मकै धेरै ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात हजार आठ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामै ६७१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । केहि दिनयता नेपालमा पनि दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा भएको परीक्षणमा झापाका दुई र मोरङका एक जना गरी तीन जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा भएको परीक्षणमा अछामका ४२ जना, बैतडीका २५ जना, बाजुराका ४२ जना, भक्तपुरका तीन जना, डडेल्धुराका ८४ जना, कैलालीका २१ जना, कपिलवस्तुका १६ जना, काठमाण्डौ, नुवाकोट र सर्लाहीका दुई-दुई जना, रुपन्देहीका तीन जना, रौतहटका ३४ जना र नवलपरासी, सिन्धुपाल्चोक र ललितपुरका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको परीक्षणमा सिन्धुलीका एक जना, भरतपुरमा भएको परीक्षणमा पवर्तका पाँच जना, चितवनका र नवलपरासी पूर्वका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा भएको परीक्षणमा धनुषाका २९ जना, मनाङ र बाग्लुङका गरी दुई जना, नवलपरासी पूर्वका ३० जना, स्याङ्जाका नौ जना, पवर्तका चार जना, तनहुँका १५ जना र गोरखाका ११ जनामा कोरोना पुष्टि भएको छ । मनाङमा आज पहिलो पटक कोरोना देखिएको हो । योसँगै नेपालको ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

रुपन्देहीमा भएको परीक्षणमा अर्घाखाँचीका ९७ जना, गुल्मीका तीन जना, कपिलवस्तुका एक जना, पाल्पाका ६ जना, रुपन्देहीका नौ जना तथा रोल्पा र नवलपरासीका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा भएको परीक्षणमा बाँकेका तीन जना, बर्दियाका तीन जना, कैलालीका एक जना र दैलेखका आठ जनामा कोरोना भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा दाङका चार जना, सुर्खेतमा भएको परीक्षणमा दैलेखका ८६ जना, सुर्खेतका ३४ जना र सेती प्रयोगशालामा भएको परीक्षणमा अछाम, बझाङ र कञ्चनपुरका दुई–दुई जना, कैलालीका २० जना र डोटीका पाँच जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म एक लाख ५५ हजार पाँच सय १८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म दुई लाख ४३ हजार जनाको आरडीटी विधिमार्फत कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ४६ जनाको पीसीआर र नौ हजार पाँच सय ३२ जनाको आरडीटीमार्फत परीक्षण भएको छ ।

सम्बन्धित समाचार