आरडीटी गरेर घर गएका ४६ जनामा संक्रमण पुष्टि

डडेलधुरामा आरडीटी गरेर घर गएका ४६ जनामा संक्रमण पुष्टि भएको छ । विहीबार ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ४६ जना र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार संक्रमित हुनेमा गन्यापधुरा गाउँपालिकाका तीन महिलासहित ५८, परशुराम नगरपालिकाका तीन महिलासहित २१ र अजयमेरु गाउँपालिकाका ४ जना पुरुष छन् । तर परशुराम र गन्यापधुरा नगरपालिकामा संक्रमित यसअघि घर गएको पाइएको छ ।



गन्यापधुराका संक्रमण पुष्टि भएका ५६ मध्ये ४० जना क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । उनीहरु ९ जेठमा भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । पहिलो पटक ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।  तर उनीहरुमध्ये ४० जना आरडीटी नेगेटिभ आएका कारण घर गइसकेका थिए ।

सम्बन्धित समाचार