ओलीको कार्यशैलीप्रति मेरा थुप्रै असहमति छन्, सरकारमा जान्नः वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कित्तामा नरहेको स्पष्ट पारेका छन् । उपाध्यक्ष गौतमले आफ्नो सचिवालयमार्फत प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि अनगिन्ती असहमति रहेको बताएका छन् ।

‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउनेछन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न,’ सचिवालयका तर्फबाट गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदै छ । वामदेवलाई पनि त्यहीँ भेटिँदै छ ।’



सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा आफूलाई चित्रित गर्ने क्रम बन्द गर्न समेत गौतमले आग्रह गरेका छन् ।

गौतमले आफूलाई राष्ट्रियसभामा लैजाने र प्रधानमन्त्री बनाउने आश्वासन कहिले पूरा गर्नुहुन्छ भनेर ओलीलाई प्रश्न गरेपछि पछिल्लो समय प्रधानमन्त्री र उपाध्यक्ष गौतमबीच मनमुटाव भएको बताइएको छ ।

सम्बन्धित समाचार