दाजुभाइ मिलेर १२ वर्षीया बालिकालाई बलात्कार !

कैलालीको गौरीगंगा नगरपालिकाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार बेलुका बालिका बलात्कार गरेको आरोपमा गौरीगंगा नगरपालिकाका १९ वर्षीय नवीन साउद र २० वर्षीय चन्द्र साउदलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बलात्कारको आरोपमा दुई जना पक्राउ गरिएको र घटनाको अनुसन्धान भइरहेको बताए । उनले भने –‘बालिकामाथि जवरजस्तीकरणी भएको भन्दै जाहेरी आएको छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ ।’



पक्राउ परेकाहरु दाजुभाइ हुन् ।

सम्बन्धित समाचार