नवकान्तिपुर संवाददाता
काठमाडौं, असार ५ ।
गायक तथा गीतकार विष्णु बरालको शब्दमा रहेको नयाँ लोकदोहोरी गीत ‘मेरो आत्मा’ बजारमा आएको छ । गत जेठ १० गते रुकुमपश्चिममा भएको हत्या काण्डमा आधारित उक्त गीतमा अनुशा क्षेत्रीको लय रहेको छ भने विष्णु बराल र अनुशा क्षेत्रीको स्वर रहेको छ ।
माया प्रेम र बिछोडका शब्दहरु समेटेको ‘मेरो आत्मा’ लोकदोहरी गीतको म्युजिक भिडियो भारतको कर्नाटक राज्यको नागबारमा छायाँङ्कन गरिएको हो । गीतको निर्देशक ईश्वरजङ्ग खड्काले गरेका छन् ।
म्युजिक भिडियोको मुख्य भूमिकामा रामसिंह धामी र रेखा रिजाल छन् भने सहायक भूमिकामा सुरेन्द्र रावल, भोजराज उपाध्याय, बागमती क्षेत्रीलाई देख्न पाइन्छ ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
https://youtu.be/JDio5XtWWa8