आज कुन जिल्लामा कति संक्रमित थपिए ?

नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ५७८ पुगेको छ । १४१ महिला रहेका छन् ।



पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८-१८ तथा पाल्पा र रुपन्देहीमा १७-१७ जना संक्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ-आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात-सात, बारा र दाङमा चार-चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौं, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक-एकजना थपिएका छन् ।

आज ४९ महिला र २८२ पुरुष गरी कूल ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २०० बढी संक्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ । कूल ७७ मध्ये ७४ जिल्लामा संक्रमण फैलिएको छ । रसुवा, ओखलढुङ्गा र मुस्ताङमा संक्रमण देखिएको छैन ।

सम्बन्धित समाचार