मुस्ताङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या ४८८ पुग्यो

शनिबार साँझ मुस्ताङसहित गण्डकी प्रदेशका ४ जिल्लाका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले शनिबार साँझ विज्ञप्ति जारी गर्दै तनहुँका २ जना, बाग्लुङका २९ जना, नवलपरासी सुस्तापूर्वका १८ जना र मुस्ताङका १ गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ । थप भएका नयाँ संक्रमितहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाएको छ ।



यसअघि नेपालका ७४ जिल्लामा कोरोना संक्रमित देखिएका थिए । अब मुस्ताङ पनि थपिएसँगै ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

सम्बन्धित समाचार