नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ असार ।

सुदूरपश्चिम प्रदेशमा आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार थपिएका ४३ जना संक्रमितहरूमध्ये ९ जना महिला र ३४ जना पुरुष रहेका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९ सय ९१ पुगेको छ ।
आइतबार थपिएका ४३ संक्रमितहरूमध्ये सबैभन्दा बढी कैलालीका २९ जना रहेको रहेका छन् । त्यसैगरी डोटीका ५ जना, कञ्चनपुरका ३ जना, बाजुरा, डडेल्धुरा र बैतडीका २÷२ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय २५ जनाको नमूना परीक्षण गरिएको थियो ।

