
सुदूरपश्चिम प्रदेशमा सोमबार ९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा संक्रमण देखिएकाहरूमध्ये अछामका २ जना, बैतडीका १४ जना, डडेलधुराका १५ जना, डोटीका ७ जना र कैलालीका ५८ जना रहेका छन् ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ हजार ८७ पुगेको छ । संक्रमितहरूमध्ये ५ जनाको मृत्यु भईसकेको छ भने १ सय ३४ जना निको भएर घर फर्किसकेका छन् ।

