विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार नाघ्यो, ९१ लाख ८८ हजार संक्रमित

विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८८ हजार ३६० पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ७४ हजार ३३९ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार गर्दासम्म विश्वमा ४९ लाख ३७ हजार २७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ ।



ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार पार भएको छ । रुसमा पाँच लाख ९१ हजार बढी व्यक्ति कोरोनाद्वारा संक्रमित छन् । यद्यपि, यहाँ यो महामारीका कारण धेरैको मृत्यु भएको छैन । यहाँ आठ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमित व्यक्तिको संख्याको हिसाबले भारत चौथो स्थानमा छ । भारतमा चार लाख २५ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् जबकि यहाँ हालसम्म १३ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा तीन लाख ६ हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । यो महामारीले बेलायतमा हालसम्म ४२ हजार ७ सय ३२ व्यक्तिको मृत्यु भएको छ । सोमाबार विश्वभर एक लाख ३७ हजार दुई सय आठ जना नयाँ संक्रमित थपिएका छन् भने तीन हजार ८५८ जनाको ज्यान गएको छ ।

नेपालमा भने ९ हजार ५ सय ६१ जनामा संक्रमण देखिएकोमा २३ जनाको निधन भैसकेको छ । २ हजार १ सय ४८ जना भने उपचारपछि निको भएका छन् ।

सम्बन्धित समाचार