
मौसम पूर्वानुमान महाशाखाले विहीबारको मौसम पूर्वानुमान जारीगर्दै हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भू-भागमा बदली रहेको छ । प्रदेश १,२,५,सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ।
यसैगरी, पूर्वानुमानका अनुसार आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश १, २, ६, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले विहीबार राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
