
नेपालमा आज (बिहीवार) एकैपटक ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २४ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म २ हजार ६५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ३१२ रहेको छ । देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
यसैबीच नेपालमा हिजो (बुधवार) एकैपटक ६२९ जना नयाँ संक्रमित थपिएका छन् ।
