
शनिबार बिहान गण्डकी प्रदेशमा ३२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङ्जा, बागललुङ र नवलपुरमा गरि ३२ नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितमध्ये बागलुङको ढोरपाटन नगरपालिकामा १, काठेखोला गाउँपालिकाका ८ जना रहेका छन् । त्यसैगरी स्याङ्जा पुतलीबजार नगरपालिकामा र बिरुवा गाउँपालिकामा एक-एक जना पुरुष, अर्जुनचौपारी गाउँपालिकामा १२ महिने शिशुसहित १३ पुरुष र ६ महिला, बालिङमा एक पुरुष गरि २२ नयाँ संक्रमित स्याङ्जामा थपिएका छन् ।
नवलपुरको हुप्सेकोट गाउँपालिकामा २ जना पुरुष संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ८३८ पुगेको छ । नवलपुरको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला कठमाडौंमा, वालिङका संक्रमितको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्यको स्वाब प्रदेश क्षय रोग केन्द्र पोखरामा जाँचिएको थियो ।

