नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ । बुधबार सुरु भए पनि दोस्रो दिनको बैठक शुक्रबार बसेको थियो । शुक्रबारको बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका कारण बैठकमा सीमा समस्यामा छलफल भएको थियो। बैठकको सुरुमा परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीले भारतसँग तीन पटकसम्म वार्ताको प्रयास गरेको तर उसले बेवास्ता गरेको बताएका थिए। साथै, चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका थिए।
बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए।