शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका एक महिला, तीन पुरूषमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यससँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या ५३ पुगेको छ ।
संक्रमितमध्ये २२ जना डिस्चार्ज भैसकेका छन् । काठमाडौंका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा शनिबारमात्रै कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित संख्या १२ हजार तीन सय ९ पुगेका छन् । संक्रमितमध्ये २८ जनाको निधन भैसकेको छ ।